काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)को नयाँ नेतृत्व चयनका लागि मतदानपश्चात मतगणना सुरु भएको छ। अध्यक्ष पदका लागि महेश प्रधान र विप्लव अधिकारी चुनावी प्रतिस्पर्धामा छन्।
अध्यक्षका उम्मेदवारलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचन भएको हो। अध्यक्षमा उम्मेदवारी दिएकामध्ये प्रधान संघका वरिष्ठ उपाध्यक्ष हुन् भने अधिकारी महासचिव हुन्।
यसैगरी, ९ सदस्यीय कार्यसमिति सदस्यका लागि ११ जनाको उम्मेद्धारी परेको थियो। दीपककुमार तिब्डेवाल, सुमितचन्द्र श्रेष्ठ, ईश्वरकुमार भण्डारी, सजलराज रेग्मी, सुदर्शन खेगुली, गिरीराज पाठक (गणेश), पृथ्वीराज भण्डारी (निजु), डा पंकजकुमार तिवारी, शैलेस बैद्य, सन्तोष बराल र प्रभात रुङ्गाटाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।
कुल ७५ जना सदस्य रहेको एपोनमा अहिले मताधिकार भने ६० जनाले मात्रै प्राप्त गरेका छन्।