काठमाडौं- आज विश्व दृष्टि दिवस, विभिन्न कार्यक्रमसहित मनाइँदै छ। अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइन्छ। यस वर्षको विश्व दृष्टि दिवसको नारा 'कार्यस्थलमा आँखालाई माया गरौं' भन्ने रहेको छ।
कार्यस्थलमा आँखालाई यसरी लाई माया गरौं
-आँखाको तनाव कम गर्नको लागि कार्यस्थल राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्नुहोस्।
-आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउनुहोस्, आँखा धेरै नै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्नुहोस्।
-आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्नुहोस्।
-आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुनुहोस्।
-आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्नुहोस्।
-सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडी मर्मतस्थल, मोटरसाईकल-गाडी चलाउँदा, ट्राफिक प्रहरीहरु डिउटिमा रहँदा, आदि) मा काम गर्नुहुन्छ भने सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्नुहोस्।
-आँखाको स्वास्थ्य कायम राख्नको लागि र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउनुहोस्।
-आँखा स्वास्थ्यको जाँच गर्न र दृष्टिसम्बन्धी कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नको लागि नेत्र सहयक-अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गर्नुहोस्।
तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा