काठमाडौं- उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादवको वीर अस्पतालमा आवश्यक स्वास्थ्य जाँच र उपचार भइरहेको छ।
टाउको दुख्ने, वाकवाक लाग्ने लगाएतका समस्या देखिएपछि यादव उपचारका लागि वीर अस्पतालमा पुगेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
यादवको अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ। उनको एमआरआइ, अल्ट्राउन्ड गरिएको र आवश्यक ल्याब परीक्षण कार्य पनि भइरहेको बस्नेतले जानकारी दिए।