सम्माननीय प्रधानमन्त्रीज्यू,
एवं अध्यक्षज्यू
चिकित्सा शिक्षा आयोग
विषय: चिकित्सा शिक्षा आयोगको स्नातक तहको प्रवेश परीक्षाको कार्यक्रमहरु छनौट गर्न नमिल्ने व्यवस्था सम्बन्धमा।
महोदय,
उपरोक्त सम्बन्धमा,म +२ तह उतिर्ण गरि हालचिकित्सा शिक्षा आयोगको स्नातक तह (MECCEE-BL)को प्रवेश परीक्षा तयारी गरिरहेको न्यूनमध्यम वर्गीय परिवारको बिधार्थी हुँ। मलाई थाहाँ छैन यो पत्र तपाई समक्ष पुग्छ वा पुग्दैन। तर पनि म आयोगको स्नातक तहको एकिकृत प्रवेश परीक्षाको आवेदन भर्न नमिल्ने असान्दर्भिक व्यवस्थाप्रति केही कुरा लेख्ने जमर्को गरेको छु, यसलाई सकारात्मक रुपमा लिनुहुने छ भन्ने अपेक्षा लिएको छु।
प्रधानमन्त्री ज्यू, हजुर यस आयोगको अध्यक्ष तथा सबैको अभिभावक भएकोले आयोगले गरेको व्यवस्थाप्रति केही चिन्तन गर्नु हुनेछ भनि आशा लिएको छु। चिकित्सा शिक्षा आयोगले नेपालमा विशेषगरी चिकित्सा शिक्षामा गरिब, न्यून र मध्यम वर्गीय विद्यार्थीहरुलाई समान पहुँच र अवसर प्रदान गर्ने तथा गुणस्तरीय दक्ष जनशक्ति उत्पादन र व्यवस्थापन गर्ने उदेश्यले स्थापित संस्था हो।
शैक्षिक सत्र ०८०/०८१ का लागि चिकित्सा शिक्षा आयोगले मिति २०८०/०५/१५ गते प्रकाशित स्नातक तह (MECCEE-BL 2024) को शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि लिइने एकिकृत प्रवेश परीक्षाको आवेदन यही मिति २०८० असोज १४ गते भित्र भर्न आहवान गरेको छ। सो सूचना बमोजिम तपसिलमा भएको व्यवस्था अनुसार कार्यक्रमहरुको प्रवेश परीक्षाको मिति एकै दिन राखी परीक्षाको मिति नजुध्ने गरी कुनै एक कार्यक्रम मात्र छनौट गरी प्रवेश परीक्षाको आवेदन भर्नुपर्ने कुरा उल्लेख छ।
आयोगको सूचनाको मिति २०८० /०७/२१ को दिन राखिएको परीक्षामा विभिन्न विधाका कार्यक्रमहरु (i.eBAMS, BNS/BMS, Bsc MLT, Bsc MIT, BPT, B pharm, B optiometry) लाई एकै ठाउँमा राखिएको छ जसले गर्दा विद्यार्थीहरुले यी मध्य कुनै एक विधा मात्र चयन गर्न पाउने बाध्यकारी अवैज्ञानिक तथा अन्यायिक रहेको जाकारी गर्दछु। सबै कार्यक्रमको आ-आफ्नै विधा र क्रेडिट रहेको साथै एकअर्कासँग कुनै सम्बन्ध नरहेको, कुनै एक कार्यक्रम छनौट गर्दा अन्य कार्यक्रम छनौट गर्न नहुने कुनै वैज्ञानिक कारण नभएको साथै एकै मात्र कार्यक्रमको आवेदन दिनुपर्ने बाध्यताको कुनै आधार नरहेको,+२ तह (बिज्ञान) ले सबै जसो कार्यक्रमको आवेदन दिन योग्य रहेको हुँदा सो व्यवस्थाको कुनै सान्दर्भिकता नरहेको र प्राकृतिक न्यायकको सिद्धन्त विपरित भएकोले तत्काल यसलाई सच्याउन आवस्यक रहेको देखिन्छ।
प्रधानमन्त्री ज्यू, यस किसिमको व्यवस्थाले म जस्ता न्यून र मध्यम वर्गीय परिवारका हजारौं विद्यार्थीहरुलाई फारम भर्न र परीक्षामा सामेल हुन् कृतिम रोकावट गरि पढ्नबाट बञ्चित हुने वातावरण सिर्जना गरेको छ। जसले गर्दा हुनसक्ने तत्कालिन असरहरु जस्तै; शिक्षाको मौलिक तथा स्वतन्त्रताको हकको हनन्, शैक्षिक्सत्र खेर गई अर्को शैक्षिक सत्रका लागि वर्ष भरि मानसिक तनाव लिई खाली बस्नुपर्ने, आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा विद्यार्थीको अपुग, इच्छाइएको कार्यक्रमको भर्ना नभएमा ड्रपआउट र अदक्षता हुनसक्ने र दीर्घकालिन रुपमा हजारौं विद्यार्थीहरु अध्ययनका लागि विदेश ताक्नुपर्ने, वेरोजगारी, दक्ष जनशक्तिको उत्पादनमा कमि हुन् सक्दछ।
यस व्यवस्थाले निम्न केही प्रश्नहरु सिर्जना गरेको छ:-
१. शिक्षा जस्तो कुरामा बाध्यकारी व्यवस्था तथा मौलिक हकको सुनिस्चिता हुन् नसक्नु किन?
२. एकैदिन परीक्षा मिति राखिएकोले उच्च प्रतिस्पर्धाले आवेदन गरिएको कार्यक्रमको मेरिट सूचीमा नपर्दा सोही परीक्षाको मितिको समूहभित्र राखिएको अन्य कार्यक्रमको सिट खाली हुँदा पनि पढ्न नमिल्ने किन?,
३. वर्ष भरिमा १ पटक मात्र लिईने स्नातक तहको सबै कार्यक्रमको छुट्टाछुट्टै दिनमा प्रवेश परीक्षा लिन नहुने किन र यदि नसक्ने भए आयोगको कार्यसम्पादन के हुने?
४. वैदेशिक अध्ययन गर्न अन्य ति सबै कार्यक्रमहरुका लागि NOCLetter चाहिं दिन मिल्नेकिन?,
५. वैदेशिक अध्ययनमा जानु नपर्ने सुनिश्चिता र आधार के?
६. प्रविणता प्रमाणपत्र तह विद्यार्थी लक्षित कार्यक्रम भए +२ बाट आवेदन लिने किन वा दुवैका लागि सिट निर्धारण गर्न नमिल्ने किन?
७. न्यून तथा मध्यम वर्गीय विद्यार्थीको चिकित्सा शिक्षामा समान पहुँचको सुनिश्चिता के र आर्थिक अवस्थाको कारणले उदाहरणका लागि Bsc MLT,B pharm, B optiometry गरि ३ वटा कार्यक्रमको आवेदन दिई कुनै एक कार्यक्रम पढ्न चाहनेको हकमा के गर्ने?
अन्तमा, चिकित्सा शिक्षाको सबै कार्यक्रमहरुमा समानजनक पहुँचका लागि आवेदन दिन मिल्ने व्यवस्था र शिक्षाको मौलिक हकको सुनिश्चिता गर्न नितान्त आवश्यक रहेको छ। निम्न र मध्यम आय भएका म जस्ता हजारौं विद्यार्थीहरुलाई यो व्यवस्थाले प्रत्यक्ष असर गर्ने भएकोले शिक्षाको मौलिक र स्वतन्त्रताको हकको सुनिश्चिता तथा वैज्ञानिक व्यवस्थाका लागि आफूलाई पाएक पर्ने ति सबै कार्यक्रमहरु छनोट गरि प्रवेश परीक्षाको आवेदन दिन र परीक्षामा सहभागी हुनका लागि उक्त व्यवस्था परीक्षाको आवेदन फारम भर्ने अन्तिम म्यादभित्र गरिदिन हुन् बिनम्र अनुरोध गर्दछु।
तपसिल : प्रवेश परीक्षा सहभागी हुन् गरिएको व्यवस्थाहरु यस प्रकार रहेको छ-
१. आयोगको सूचनाको ५ नं. बुंदाको (३) र (४) मा परीक्षा संचालन हुने कार्यक्रम, मिति र समय :
-Bsc Nursing, Bsc Midwifery, BASLP, B perfusion Technology को परीक्षा मिति २०८०/०७/२० समय ११:०० देखि ०२:०० बजे सम्म,
-BAMS, BNS/BMS, Bsc MLT, Bsc MIT, BPT, B pharm, B optiometryको परीक्षा मिति २०८०/०७/२१ समय ११:०० देखि ०२:०० बजे सम्म,
२. आयोगको सूचनाको द्रष्टव्यमा:
-(ञ) एक भन्दा बढी कार्यक्रमका लागि आवेदन दिने उम्मेदवारले परीक्षा तालिका बमोजिम परीक्षा नजुध्ने गरी फारम भर्ना सकिने छ।
निवेदक:
प्रवेश परीक्षाको तयारी गरिरहेको विद्यार्थी