घरमा मेरो सानो छोरो छ। उ बिरामी भइरहन्छ। कहिलेकाहीँ रातभरी सूक्खा खोकीले ग्रस्त हुनछ। यस्तो छोरोलाई छोडेर ड्यूटी आउनुपर्दा मनमा आफ्नै पेसासँग रिस पनि उठ्छ। कतिजना मैले चिनेजानेका नर्सको पीडा झन उदेक लाग्दो छ। भर्खरको सन्तानलाई ड्यूटी आऊने बेला एक्लै कोठा थूनेर आएको पनि सुनेको छू। यसरी फर्मेटिभ यअर्समा थूनेर बच्चालाई राख्दा जीवनभर कस्तो मनोवैज्ञानिक प्रभाव पर्दछ, खाइरहेको जागिरसँग त्यसको के तुलना हुन्छ र?
सामान्य मानिसलाई डीजीज प्रोसेसबारे जानकारी हुने कुरै भएन। यतीका वर्ष पढेर, लाइसेन्स उत्तिर्ण भएपश्चात स्वास्थ्यकर्मी बनेर यसै पेशामा रातदिन लागिरहँदा पनि रोगले कुन मोड लिन पूग्दछ ककिलेकाहीँ आफै अचम्मीत हुन पुग्छु। यस्तो अवस्थामा चिकित्शकले गरिरहेको उपचार पद्दति गलत भयो, औषधिको मात्रा धेरै दियो, धेरै ठाउँमा घोचेर बिरामीलाई झन सिकिस्त बनाइदियो, छाती थिचीथिची मेरो बिरामी मारीदियो जस्ता बचन सुनीसुनी मनमा ग्लानि, हीनताबोध बोकेर बिरामी हेर्नू पर्दाको पीड़ा सायदै अरुले कसरी बुझ्लान। अरु पेसामा जस्तो स्वास्थ्य पेसामा भावनात्मक भएर आफुमाथि लागेका यस्ता आक्षेपबाट बिक्षीप्त हुन हामीलाई छूट छैन। यसरी बिक्षीप्त भैदियौ भने बिरामीले सेवाबाट बन्चित हुने स्थिति आउँछ।
अहिलेको आन्दोलन बिरामीप्रति पूर्वाग्रही भएर गरिएको आन्दोलन होइन। मूल रूपमा चिकित्सा पेसालाई मर्यादित बनाउन, चिकित्सकलाई पलायन हुनबाट रोक्न, सुरक्षाको ज्ञारेण्टी गरौ भनेर मात्र हो। डर र त्रासपूर्ण वातावणमा काम गर्नुपर्दा गुणस्तरीय सेवाबाट बिरामीले विमुख हुनपर्ने अवस्था नआओस् भनेरै यो आन्दोलन भएको हो।