हृदयघात भनेको मुटुको मुख्य नसाहरु विविध कारणले बन्द भएर मुटुमा आवश्यक रगत पुग्न नसकेर मुटुले काम गर्न छोड्नु हो।
उमेर बढ्दै गएपछि मुटुको नसाहरुमा बोसो जस्ता बस्तु थुपृदै जान्छ र नसाहरु बिस्तारै साङ्गुरिदै जान्छ। ७० प्रतिशत भन्दा बढी नशा बन्द भएपश्चात् छाती दुख्ने र हृदयघात हुने गर्दछ।
नेपालको सन्दर्भमा बिगत केही वर्षदेखि हृदयघात बढ्दै गइरहेको छ। २१ औं शताब्दीमा प्रविधिको निकै धेरै विकास र रोगहरु बारे विश्व स्तरमै धेरै अध्ययन भइसक्दा पनि हृदयघात बढदो क्रममा किन छ त?
बढदो उमेर, मोटापना,चुरोट सेवन, रक्सी सेवन, रातो मासुको सेवन,चिल्लो खाना, मधुमेहका बिरामी,रक्तस्रावका बिरामी, अनियमित ब्यायाम लगाएतले हृदयघातको सम्भावना बढाउँछ।
प्रायजस्तो, हृदयघात भएका बिरामीहरुमा अचानक छाती दुख्ने हुन्छ। यो दुखाइ पाखुरा हुँदै हातसम्म, घाँटीहुँदै जब्डा सम्म सर्नेगर्छ। पेट हुँदै पछाडि ढाडसम्म सरेर जानसक्छ।
कहिलेकाहीं त हृदयघात हुने बिरामीमा छाती नदुख्न नि सक्छ, यो एकदम कम प्रतिशत बिरामीमा हुने गर्छ। यो खतरनाक पनि हुन्छ।
सामान्यता, हाम्रो जस्ता मुलुकमा ग्रामिणभेगमा बसोबास गरिरहनुभएका बिरामीमा छाती दुख्न सुरुवात भएपश्चात् अस्पताल लैजान निकै धेरै घन्टादेखि दिनसम्म लाग्न सक्छ र यस अवधिमा बिरामीको निधन भइसकेको हुन्छ।
ग्रामीण भेगका बिरामीमा बन्द भएका मुटुका नशाहरुलाई खुल्ला बनाउने प्रविधि र विशिष्ट चिकित्सकको कमिले गर्दा बिरामी बचाउने सम्भावना घटेर जान्छ। हामी चिकित्सकले मुटुको रक्तसन्चार पुनः खुलाउने प्रक्रिया एकदम छोटो समयमा गरिसक्नुपर्छ।
शहर बजारमा आधुनिक प्रविधी र विशिस्ट चिकित्सकको उप्लब्धता सहज हुन्छ। तर पनि शहरमा हृदयघात भएका बिरामीको मृत्युदर बढदो क्रममै छ। समान्यता बिरामीलाई छाती दुख्न सुरुवात भए पछाडी एम्बुलेन्स बोलाउनदेखि बिरामीलाई अस्पताल लैजाने समय १ देखि २ घन्टा लाग्न सक्छ र त्यसपछाडी बल्ल अपचार सुरु हुन्छ र यो १-२ घन्टाको समय एकदम महत्वपूर्ण समय हो। यो समयलाई यतिकै खेर नफ्यालौ।
नेपाल सरकार स्वास्थ मन्त्रालयद्वारा हृदयघातसम्बन्धी विशेष नीति बनाउन पर्ने मैले देखेको छु। बिरामीलाई छाती दुख्न साथ घरमै प्राथमिक उपचार गर्न मिल्ने खालको स्वस्थ्य नीति निर्माण गर्न सरकारले पहल गर्नपर्छ। र यो सम्भव पनि छ। ग्रामीण छेत्रतिर हामीले स्वस्थचोेेैकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयघातको लक्षन लिएर आउनुभएको बिरामीहरुलाई `अय्स्पिरिन´ भन्ने चक्की दिने गर्दछौं र अरु उपचारका निम्ति ठुला अस्पतालमा रिफर गर्छौं।
एउटा यो सानो चक्कीले बिरामीको मुटुमा पुन केही अवधिसम्म रक्तसन्चालन गराउन मदत गर्छ र बिरामी ठूला अस्पताल नपुगुन्जेल सम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हृदयघातको सम्भावना रहेका बिरामीहरुका निम्ति समयमै पहिचान गर्न `स्क्रिनिङ´कार्यक्रम सुचारु गर्नुपर्ने र हृदयघात भएका बिरामीहरुका निम्ति घरमै प्राथमिक उपचारसम्बन्धी नीति नियम बनाउनमा सकृय भएर लाग्नुपर्छ र यस प्राथमिक उपचारसम्बन्धी ७७ जिल्लाका गाउँगाउँसम्म जनचेतना फैलाउन सक्नुपर्छ।
(लेखक चिकित्सा शास्त्र अध्ययन संस्थान महराजगन्ज मेडिकल क्याम्पसका स्ववियू अध्यक्ष हुन्। )