काठमाडौं- दिगो विकास लक्ष्यमा योगदान पुर्याथउनेहरुलाई सम्मान गर्दै यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हुन्।
अवार्ड पाउनेहरुमा हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।
यसैगरी दिगो विकास लक्ष्यमा योगदान गर्नेहरुलाई विशेष सम्मान पनि प्रदान गरिएको छ। विशेष सम्मान पाउनेहरुमा ब्रिटिस राजदूतावास, यूएसएआईडी नेपाल र विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय रहेका छन्।
यसका साथै नेपाल रेडक्रस सोसाइटी, चुजी फाउन्डेसन, इलाम नगरपालिकाका मेयर केदार थापा, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँण, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, त्रिपुरासुन्दरी नगरपालिकाका मेयर भक्तध्वज बोहरा र गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायालाई सम्मानपत्र प्रदान गरिएको छ।