काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गरेका छन्।
सोमबार अनुगमनको क्रममा बन्त्री बस्नेतले केन्द्रका विभिन्न स्थानको निरीक्षण गर्नुका साथै केन्द्रमा उपचाररत बिरामीहरुसँग उपचारका क्रममा भएको समस्याहरुको बारेमा जानकारी लिएका थिए।
यसै क्रममा स्थापनाकालदेखि हालसम्म केन्द्रमा उपलब्ध सेवा तथा प्रगतिका बारेमा जानकारी दिँदै केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण बिरामीहरुलाई सेवा दिन असुविधा रहेको बताए।
स्थापनाको ११ वर्षको अवधिमा केन्द्रले ११०८ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण गरीसकेको छ।