काठमाडौं– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकनियुक्तिका लागि तीन सदस्यीय उपसमिति गठन भएको छ।
अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा मदन उपाध्याय, डा प्रदीप ज्ञवाली र डा दिनेश विश्वकर्माको तीन सदस्यीय उपसमिति गठन गरेको हो।
उक्त उपसमितिले सिफारिस गरेका व्यक्तिमध्येबाट सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था रहेको छ।