काठमाडौं- स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकसम्बन्धी ऐन कार्यान्वयन गर्न आग्रह गरेको छ।
विभागहरु, केन्द्रिय अस्पतालहरुलाई पत्राचार गर्दै मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धी सेवाहरु
उपलब्ध गराउन अनुरोध गरेको छ।
'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रको बुँदा नं ५ मा उल्लेख भए अनुसार ज्येष्ठ नागरिक सम्बन्धि ऐन, २०६३ मा यातायात र स्वास्थ्य क्षेत्र लगायतका क्षेत्रमा ज्येष्ठ नागरिक हरुलाई दिने भनिएका सेवा सुविधाहरु यातायातका सबै साधन र स्थान तथा सबै अस्पतालहरुमा कार्वान्वयन गरियोस भनि लेखि आएकोले ज्येष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ मा उल्लेख भए अनुसार सेवाहरु उपलब्ध गराउन अनुरोध छ।' पत्रमा भनिएको छ।