विराटनगर- नेपाल डेन्टल एसोसिएसन मोरङको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ। नयाँ कार्यक्रमितिको कार्यकाल २०८० देखि २०८२ सम्म हुने छ।
नयाँ कार्यसमितिको अध्यक्ष डा पवन मेहता हुन्। उनको नेतृत्वको कार्यसमितिलाई एक कार्यक्रमका बीच जिम्मेवारी हस्तान्तरण गरिएको हो।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट वरिष्ठ दन्त चिकित्सक डा सिपी उपाध्याय प्रमुख अतिथि थिए। कार्यक्रममा संस्थाकी महासचिव डा मीरा आचार्यले २ वर्षको कार्यकालमा गरेका विभिन्न कामहरूको बारेमा जानकारी दिइन्।
नयाँ कार्यसमितिमा अध्यक्षमा डा पवन मेहता, उपाध्यक्ष डा निमीषा दास, महासचिव डा विवेक कुमार महतो, सहसचिव डा अभिषेक कुमार र कोषाध्यक्ष डा दिवाकर कुमार साह छन्।
सदस्य डा जितेन्द्र मन्डल छन् भने बाँकी सदस्यहरुको चयन नयाँ कार्यसमितिको पहिलो बैठकबाट हुने अध्यक्ष डा मेहताले जानकारी दिए।