काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ।
मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानमा काजमा खटाइएका चिकित्सक स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा फिर्ता गर्ने मन्त्रालयले निर्देशन दिएको थियो।
गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी र काज फिर्ता गर्न निर्देशन दिँदै असार २५ गते मन्त्रालयले पत्राचार गरेको थियो।