काठमाडौं– डाक्टर राजाराम कार्कीको उपचारका क्रममा निधन भएको छ। नेपाली चिकित्सा क्षेत्रमा लामो समयदेखि सक्रिय डाक्टर कार्कीको वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी दिए।
डाक्टर कार्की क्यान्सर रोगबाट ग्रसित थिए। उनको बुधबार साँझ ५ बजे ६६ वर्षको उमेरमा निधन भएको हो।
डाक्टर कार्की नेपाल चिकित्सक संघका आजिवन सदस्य समेत थिए। संघले उनको निधनबाट अपूरणीय क्षति भएको भन्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा उनले पुर्याएको योगदानको सम्झना गरेको छ।
डा कार्की नेपाली कांग्रेसका नेता समेत हुन्। कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्य कार्की धादिङ, नीलकण्ठ नगरपालिका निवासी हुन्।
नेपाली कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्वमहासचिवसमेत रहेका स्वर्गीय कार्कीका दुई श्रीमती, चार छोरा र एक छोरी छन्।