काठमाडौं- सांसद चन्द्र भण्डारी र मह जोडीको संरक्षणमा ‘जलन कोष’ स्थापना गरिएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल र कीर्तिपुर नगरपालिकाको सहकार्यमा कोषको स्थापना गरिएको हो।
सामाजिक सेवा इकाइमार्फत कीर्तिपुर बर्न अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार गर्ने कोषमा जम्मा भएको रकम प्रयोग गरिने छ।
अस्पतालका प्लाष्टिक सर्जरी विभाग प्रमुख डा किरण नकर्मीका अनुसार जलनको महंगो उपचार र नेपालमा यसको मृत्युदरलाई ध्यानमा राख्दै कोष स्थापना गरिएको हो।
कोषको संरक्षकमा सांसद भण्डारी तथा वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य रहेका छन्।