काठमाडौं- बसुन्धरास्थित इसान बाल अस्पतालले नि:शुल्क आँखा शिविर सम्पन्न गरेको छ। अस्पतालले साउन २७ गते आयोजना गरेको निशुल्क शिविरमा ८० जनाको आँखा परीक्षण गरिएको छ।
परीक्षण गरेकामध्ये ६५ जनालाई नि:शुल्क औषधि वितरण गरिएको र २० जनालाई सहुलियतमा चस्मा वितरण गरिएको अस्पतालका कार्यकारी निर्देशक प्राडा रामनन्द चौधरीले जानकारी दिए।
आँखा परीक्षणका लागि आएकामध्ये केहीलाई हाल फैलिएको आँखा पाक्ने समस्या देखिएको थियो। अस्पतालले प्रत्येक महिनाको अन्तिम शनिबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निशुल्क रुपमा आँखा शिविर सञ्चालन गर्दै आएको अस्पतालका जनरल मेनेजर भक्तबहादुर शाहीले बताए।