काठमाडौं- मधेसी स्वास्थ्यकर्मी फोरमले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को रेडियोलोजी विभागमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिका प्रसाद यादवमाथि वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेको छ।
फोरमले निर्देशक पौडेललाई तत्काल निलम्बन गरी उक्त घटनाको छानबिन गर्न पनि माग गरेको छ।
यादवले निर्देशकबाट नै आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण भएको आरोप लगाएका थिए। यादवले निर्देशक डा सन्तोष पौडेलले ड्यूटीको समयमा आफूमाथि दुर्व्यवहार र भौतिक आक्रमण गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन्।
यादवले डा पौडेलले आफूमाथि गरेको दुर्व्यवहार र भौतिक आक्रमणको छानबिन गरी कारबाही गर्न र सुरक्षाको माग गर्दै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति र मधेसी आयोगलाई उजुरी पत्र समेत पठाएका छन्।
यो पनि:
वीर अस्पतालका निर्देशक डा पौडलले कर्मचारीमाथि आक्रमण गरेको आरोप, छानबिन गरी कारबाही गर्न माग