काठमाडौं– नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको ‘योग्यता’ हासिल गरेको आरोपमा पक्राउ परेका सात जना डाक्टरलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हिरासतमा राख्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगेको थियो। यो प्रकरणमा कांग्रेस सांसद सुनिल शर्मालाई भने थुनाबाहिरै अनुसन्धान गर्न आदेश दिएको छ।
शर्मा प्रतिनिधि सभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।