काठमाडौं- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढ्को छ। भदौमा आयोगका हालका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको कार्यकाल सकिँदै छ। सरकारले उनको कार्यकाल सकिएलगत्तै नयाँलाई जिम्मेवारी दिने गरी प्रक्रिया अगाडि बढाएको हो।
मन्त्रिपरिषदले आयोगको ऐन अनुसार उपाध्यक्ष नियुक्तिका लागि सिफारसि समितिमा सदस्य नियुक्त गरेको थियो। ऐन अनुसार सिफारिस समितिमा लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय समिति रहने व्यवस्था रहेको छ।
समितिमा मुख्य सचिव वा मुख्य सचिवले तोकेका प्रधानमन्त्री कार्यालयका एक जना सचिव र चिकित्सा क्षेत्रको प्राध्यापकहरूमध्ये सरकारले नियुक्त गरेको एक जना महिला रहने व्यवस्था छ। सोही अनुसार सरकारले केही दिनअघि डा लोचना श्रेष्ठलाई नियुक्त गरेको थियो।
समितले आयोग ऐन अनुसार उपाध्यक्ष सिफारिसका लागि आवेदन माग गरेको हो। आवेदकलाई १५ दिनभित्र आवेदन दिन भनिएको छ। आवेदकले ४ वर्षभित्र गर्ने कार्ययोजनासहितको सोचपत्र समेत प्रस्तुत गर्न सिफारिस समितिले भनेको छ।
उम्मेदवारले दरखास्तसहित के-के कागजात पेश गर्नुपर्छ? हेरौं सूचना