काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको छ। विराटनगरस्थित नोबल मेडिकल कलेज र काठमाडौंको काठमाठौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्मालाई गोल्फुटारस्थित उनकै निवासबाट पक्राउ गरिएको हो।
सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। यद्यपि प्रहरीले पक्राउ गर्नुको आधिकारिक जानकारी भने सार्वजनिक गरेको छैन।
'सांसद शर्माको शैक्षिक प्रमाणपत्रहरु नक्कली भएको कुरा अनुसन्धानका क्रममा भेटिएपछि थप अनुन्धानका लागि उनलाई पक्राउ गरिएको हो,' प्रहरी स्रोतले भन्यो।
सांसद शर्माले केही दिनयता संसद् र संसद्बाहिर समेत सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आएका थिए।
सांसद शर्माले सोही विषयमा बदला लिन आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिएका छन्।