काठमाडौं- मेलुङ गाउँपालिकाको आयोजना, लाइन्स क्लब अफ काठमाडौं रेडियन्सको प्राविधिक सहयोग र सितली अस्पतालको व्यवस्थापनमा मेलुङ वार्ड न ७ मा दुई दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ।
उक्त शिविरमा आँखा रोग विशेषज्ञ डा तेज्सु सिंह मल्ल, नाक कान घाँटी रोग विशेषज्ञ डा एलिशा महर्जन , छाला रोग विशेषज्ञ डा एलिना कार्की, बाल रोग विशेषज्ञ डा ऋतु लामिछाने , रेडियोलोजिस्ट डा विभेक खड्का र डा आरती मल्लले सेवा दिएका थिए। यस्तै जेनेरल तर्फ डा रविन बस्नेत , डा मनिष थापा , डा दीक्षा लामिछाने , डा साबिर शही मन्सुरी, दन्तरोग डा निता बडाल र प्रबन्धकीय कार्यमा त्रिमिर महर्जन सहितको समुह रहेको थियो।
रेडियन्सका तर्फबाट डा एलिना कार्कीले संयोजन गरेको उक्त शिविरमा ४०० जनाले लाभ लिएका छन्। शिविरमा लडेर नाकमा गहिरो चोट लागेका मानिसको सामान्य अपरेसन (माइनर ओटी) समेतको सेवा प्रदान गरिएको क्लबका अध्यक्ष डा रविन बस्नेतले बताए।
लाइन्स क्लब अफ काठमाडौं रेडियन्स लाइन्स ३२५ जि अन्तर्गत पहिलो पटक उपत्यका बाहिरको कार्यक्रम सम्पन्न भएको क्लबका चार्टर अध्यक्ष एवम रिजन चेएर डा तेज्सु सिंह मल्ले बताए। शिविरलाई क्लबको क्यालेन्डर कार्यक्रम अनुसार लानुपर्ने डा मल्लले बतए।
कार्यक्रमको दोश्रो अर्थात् समापन तथा चिकित्सकहरुलाइ सम्मान कार्यक्रममा बोल्दै मेलुङ गाउपालिका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य, वडानम्बर ७ का अध्यक्ष नवराज खड्का र समाजसेवी राम शरण कार्कीले क्लबका चिकित्सकहरुको सेवाको मुक्तकन्ठले प्रसंशा गरे। क्लबको तर्फबाट बोल्दै अध्यक्ष डा बस्नेतले सितली स्वास्थ शिविर त्यहाँका जनताको आवस्यकता अनुसार समय समयमा संचालन गरिने प्रतिबद्धता व्यक्त गरे।