घोराही- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानवाट अहिलेसम्मकै उच्च सख्यामा विरामिले ओपिडी सेवा लिएका छन्। प्रतिष्ठानवाट ९ सय बढी बिरामीले स्वास्थ्य उपचार सेवा पाएका हुन्।
आइतबार मात्रै ९ सय ७० जना बिरामीले सेवा लिएको प्रतिष्ठानका अस्पताल प्रशासक झङ्कार लामिछानेले जानकारी दिए। यो बिरामीको सेवा लिने संख्या प्रतिष्ठान स्थापना भएदेखी अहिलेसम्मकै उच्च रहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताए।
भट्टराइका अनुसार अहिले भाइरल रहेको आँखा पाक्ने रोगका बिरामीले सबैभन्दा बढी सेवा लिएका छन्।
प्रतिष्ठानका आँखा रोग विशेषज्ञ डा विनिता केसी नेतृत्वका चिकित्सक र स्वास्थ्यकर्मिहरुको टोलिले २ सय ५९ जनालाई आइतबार मात्रै सेवा दिएको छ। त्यस्तै दन्त विभागबाट १९ जनाले, छाला विभागबाट ४० जना, इमरजेन्सी सेवा ४८ जना, नाक, कान, घाँटी विभागमा ६३ जनाले, मेडिसिन विभागमा १ सय ८९ जनाले, सर्जरी विभागमा ६३ जनाले, प्रसूती सेवा ९३ जनाले, हाडजोर्नी विभागमा १ सय ७ जनाले, बल रोग विभागमा ५८ जनाले, मनोचिकित्सा विभागमा २६ जनाले सेवा लिएका छन्।
प्रतिष्ठानमा विशेषज्ञ सेवा थपिँदै गएपछि उपचारमा आउने बिरामीको संख्या बढ्दै गएको सुचना अधिकारी भट्टराइले बताए।