काठमाडौं- नेपाल अक्सिजन ग्यास उत्पादक संघमा पुनः गौरव शारदाको अध्यक्षमा चयन भएका छन्। संघको १३औं वार्षिक साधारण सभाले शारदालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो।
साधारण सभाले संघको उपाध्यक्षमा वीरेन्द्र कुमार संघाई, महासचिवमा नारायण दत्त तिमल्सिना, कोषाध्यक्षमा प्रल्हाद तिमल्सिनालाई चयन गरेको छ।
यसैगरी, सदस्यहरूमा शंकरलाल अग्रवाल, अभिक ज्योति, दिनेश ढकाल र शरद खनाल चयन भएका छन्।
संघमा कार्यसमितिको कार्यकाल दुई वर्षको हुने छ।
सभाले कोभिडको समयमा अक्सिजन उद्योग स्वामित्वमा रहेको अक्सिजन सिलिन्डर ठूलो परिमाणमा विभिन्न सरकारी निकायले उठाइ लगेको र हालसम्म फिर्ता नगरेकोले उद्योगहरूलाई ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेकोले सो बारे सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
यसैगरी, संघले अक्सिजन सिलिन्डरको गुणस्तर मापदण्ड सम्बन्धी आवश्यक कानून बनाउन नेपाल गुणस्तर तथा नापतौल विभाग तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दबाब दिने निर्णय पनि गरेको छ ।
संघले आगामी दिनमा लिक्विड अक्सिजनको आयातमा कडाई गर्न सरकारको ध्यानाकर्षण गराउने समेत निर्णय गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।