काठमाडौं - चिकित्सा शिक्षा आयोगले डिएम/एमसिएच/एनबिएमएस-एसएसको शैक्षिक कार्यक्रमका लागि लिएको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले शनिबार लिएको परीक्षाको नतिजा प्रकाशित गरेको हो। आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली को नियम १६ बमोजिम सरकारी चिकित्सकले प्राप्त गरेको अंकमा अनुभव र दुर्गम क्षेत्रमा काम गरेको अंक जोडी कुल प्राप्ताङ्क कायम गरी योग्यताक्रम निर्धारण गरिएको छ।
प्रकाशित नतिजामा चित्त नबुझ्ने उम्मेदवारले पुनर्योग गर्न चाहेमा २३ गते ५ बजेसम्म आयोगको इमेलमा निवेदन दिन सक्ने छन्।
योग्यताक्रममा रहेका उम्मेदवारको पहिलो म्याचिङ साउन २९ गते हुने छ।
हेरौं नतिजा