जाजरकोट– जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको विषालु च्याउ खाँदा मृत्यु भएको हो। मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ।
आमा, छोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए। च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।
जङ्गलमा भेटिएका च्याउ पहिचान नगरेर जथाभावी नखान गाउँपालिका अध्यक्ष गिरीले स्थानीयलाई आग्रह गरेका छन्।