काठमाडौं- सरकारले भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेरी अस्पतालको प्रमुख मेसुमा डा पवनजंग रायमाझीलाई पठाएको छ।
अस्पतालमा डा बद्री चापागईं प्रमुख मेसुका रुपमा कार्यरत थिए। मन्त्रालयले उनको स्थानमा डा रायमाझीलाई पठाएको स्वास्थ्य मन्त्री मोहन बस्नेतको सचिवालयले जानकारी दिएको छ।