काठमाडौं– शुक्र हाउस अफ डायग्नोसिस एन्ड वेलनेस सेन्टरले हेपाटाइटिस बी र सीको जाँच सरकारी ल्याबले लिने शुल्कमै गर्ने घोषणा गरेको छ।
'हेपाटाइटिस डे'का अवसरमा निश्चित अवधिका लागि विशेष छुटको घोषणा गरिएको हो। शुक्रबार उक्त अवसरमा आयोजित र्ंयालीपछि उक्त घोषणा गरिएको हो।
हेपाटाइटिस बी को ४ हजार र सीको जाँच ३ हजार रुपैयाँमा गर्ने सेन्टरका म्यानेजिङ डाइरेक्टर डा राकेश साहले जानकारी दिएका छन्।
केही समयका लागि हेपाटाइटिस बी र सीको जाँच सरकारी दररेटमा गरिने उनले बताएका छन् हालै खुलेको पानीपोखरीस्थित उक्त सेन्टरमा ग्यास्ट्रो, हेपाटो, नेफ्रो, कार्डियोलगायतमा ओपिडी सेवासमेत दिइएको छ।
उनले भने, 'हामीले एउटै ठाउँमा निदान र उपचारका विभिन्न सेवा दिन खोजेका हौं। हामीसँग दक्ष चिकित्सकीय जनशक्तिका साथै युएएफडिए प्रमाणित प्रविधि छ।' विभिन्न रोगकेन्द्रीत विशेष ल्याबका साथै थ्रीडी/फोरडी अल्ट्रासाउन्ड, इको र इसीजी रहेको सेन्टरले जनाएको छ। ५ सय रुपैयाँ भन्दा बढीको जाँचका लागि घरमै पुगेर निशुल्क नमूना संकलन गर्ने सेवा पनि रहेको बताइएको छ।