काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ डाक्टरको लाइसेन्स परीक्षामा ४८.३३ प्रतिशत पास भएका छन्।
काउन्सिलले शुक्रबार संचालन गरेको विशेष परीक्षामा २०९ जना चिकित्सक सहभागी थिए।
परीक्षामा सहभागीमध्ये १०१ जना पास भएका छन् भने १०३ जना फेल भएका छन्। परीक्षा शुक्रबार दिउँसो २ देखि ४ बजेसम्म संचालन गरिएको थियो।