काठमाडौं- धौलागिरी अस्पतालमा सर्वसाधारणका लागि १०० शय्या निशुल्क गरिएको छ।
अस्पतालमा जम्मा १२६ शय्या रहेकोमा अब सर्वसाधारणका लागि १०० बेड निःशुल्क गरिएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरंजन प्रधानले जानकारी दिए।
संघीय र प्रदेश सरकारबाट ५० शय्या स्वीकृतीमा संचालित अस्पतालमा व्यवस्थापन समितिको तर्फबाट ७६ शय्या थप गरि १२६ शय्यामा संचालनमा रहेको छ।