काठमाडौं- न्याम्सको फ्याकल्टी डक्टर्स एसोसिएसनले बिहान ८ बजे देखि सेवा सुचारु गर्ने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको निर्णलाई स्वागतयोग्य भएको जनाएको छ।
वीर अस्पतालको निर्णयलाई फ्याकल्टी डाक्टर्स एसोसिएसन (एफडीए) ले सेवा व्यवस्थापनमा सहजता प्रदान गर्ने पनि भनेको छ।
एफडीएले एक विज्ञप्ती जारी गर्दै विहान आठ बजे देखि सेवा प्रारम्भ गर्ने निर्णय स्वागतयोग्य भन्दै अस्पतालको भीड कम हुने र ट्राफिक जामको समस्याबाट समेत स्टाफहरु मुक्त हुने साथै बिरामी पक्ष पनि विहानै जाँच गर्न पाउँदा खुसी एफडिएले जनाएको छ।
एफडीएका महासचिव डा दीपक दत्तले विज्ञप्ती जारी गर्दै तोकिएको शैक्षिक कार्यक्रम ३ बजे पछि हुने भएकोले केही समस्या नहुने समेत स्पष्ट पारेका छन्।
वीर अस्पतालले गत १ साउन देखि अस्पताल सेवा बिहान ८ बजे देखि नै सुरु गर्न थालेको छ।