काठमाडौं– त्रिवि शिक्षण (टिचिङ) अस्पतालका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्या भएका बिरामीको व्यवस्थापन, परामर्श लगायतका विषयमा प्रशिक्षण दिइएको छ।
अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले अस्पतालका सबै सेवा विभाग तथा वार्डका नर्सिङ इन्चार्जहरुलाई निद्रा र घुर्ने समस्या भएका व्यक्तिहरुको व्यवस्थापन, परामर्श लगायतका विषयमा सचेतना जगाउने विषयमा प्रशिक्षण दिएका हुन्।
डा न्यौपानेले मानिसमा घुर्ने समस्या के हो? घुर्ने समस्याबाट शरीरका अन्य अंगमा पर्ने असर तथा अन्य रोग लाग्ने जोखिम, विश्वमा घुर्ने समस्याबाट पिडित व्यक्तिले भोग्ने समस्या लगायतका विषयमा प्रशिक्षण दिएका थिए। डा न्यौपानेले घुर्ने समस्या भएकै कारण पारिवारिक सम्बन्धमा समेत समस्या निम्तिएकाले यसको समयमै उपचार गर्न आवश्यक रहेको बताए।