धनगढी- धनगढी उपमहानगरपालिकाले समायाेजन मिलान भएका स्वास्थ्यकर्मीलाई हाजिर गर्न नदिएपछि स्वास्थ्यकर्मीहरु आन्दाेलित भएका छन्।
उपमहानगरबाट अन्याय भएकाे भन्दै स्वास्थ्यकर्मीहरू आन्दाेलित बनेका हुन्। उनीहरूले साेमबारदेखि उपमहानगरभित्रै धर्ना कार्यक्रम सुरू गरेका छन्।
नयाँ आर्थिक वर्ष सुरू भएसँगै उपमहानगरले ३३ जना स्वास्थ्यकर्मीलाई हाजिर नगर्न भन्दै पत्र पठाएकाे थियाे।