काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू अर्न्तगतका विभाग,अस्पताल, प्रतिष्ठान तथा कार्यालयहरु कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ।
नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसुची १७ बमोजिमको ढाँचा अनिवार्य कायम गरी नियम ७१ बमोजिम तोकिएको म्यादभित्र कार्यसम्पादन मुल्याङ्कन फाराम दर्ता तथा मूल्याङकन गरी समयमै यस मन्त्रालयमा आइपुग्ने व्यवस्था गर्न मन्त्रालयले निर्देशन दिएको छ।
साथै समयावधि भित्र कार्यसम्पादन मुल्याङ्कन फाराम दर्ता र मुल्याङकन हुन नसकेमा सम्बन्धित कर्मचारी र कार्यालय नै जिम्मेवार हुने मन्त्रालयले जनाएको छ।