मानिसले आँखाको माध्यमबाट दृष्टि प्राप्त गर्छ। दृष्टिको सहायताबाट प्राकृतिक दृश्यका साथै मानव निर्मित वस्तुहरु हेर्न र देख्न सक्ने हु“दा आँखा मानव अंगमध्ये महत्वपूर्ण मानिन्छ। आँखाको जति महत्व छ, त्यत्तिकै संवेदनशील पनि छ। आफ्नो आँखाको सुरक्षाको विषयमा हरेक व्यक्ति अत्यन्त सचेत एवं सतर्क रहनुपर्ने हुन्छ। यद्यपि, कतिपय कारणबाट कतिपय व्यक्तिले आफ्नो दृष्टि गुमाएको यथार्थ पनि हाम्रो सामु रहेको छ।
दृष्टिविहीन व्यक्तिहरुले छामेर वा सु“घेर अनुमान र अनुभव गर्न सके तापनि कुनै वस्तु वा दृश्य प्रत्यक्ष रुपमा हेर्न देख्न नसक्दा आफ्नो जीवन अपूर्ण वा अधुरो रहेको महसुस गर्छन्। तथापि, आफूमा अन्तरनिहित प्रतिभा, लगनशिलता, मिहिनेत, धैर्य र उच्च मनोबलको आधारमा कतिपय दृष्टिविहीन व्यक्तिहरुले शिक्षा, साहित्य, कला आदि विविध क्षेत्रमा सिर्जनात्मक योगदान पु¥याएर आफूलाई समाजमा स्थापित गरेका उदाहरणहरु पनि पाइन्छन्। यसका अलावा पनि मानव जीवनमा आँखाको महत्वलाई न्यूनीकरण गर्न नसकिनेमा दुईमत हुन सक्दैन। दृष्टिविहीनता वा अन्धोपनको समस्या कुनै एउटा निश्चित भूभाग, निश्चित समाज÷समुदाय, निश्चित वर्ग÷जाति विशेषको मात्र नभई विश्वव्यापी समस्याको रुपमा रहेको पाइन्छ। साथै, यो समस्या समाधानको लागि विश्वव्यापी रुपमा नै प्रयास भइरहेको पनि पाइन्छ।
दृष्टिविहीनताको समस्या समाधानको लागि गरिएका प्रयासको सन्दर्भमा आँखा दान अग्रपंक्तिमा आउ“छ। आँखा दानलाई मानव सेवा वा मानवतावादी प्रयासको एउटा उत्तम स्वरुपको रुपमा लिन सकिन्छ। दाताको जीवनकालमा प्रारम्भ गरिने आँखा दानको प्रक्रियाले निजको मृत्युपश्चात् मात्र पूर्णता पाउने हु“दा यसको आफ्नै प्रकारको विशेषता रहेको छ। यस आलेखमा आँखाको नानीको समस्याको कारणबाट हुने अन्धोपन र सो समस्याको निराकरणको उपायको रुपमा रहेको आँखा दानको बारेमा संक्षिप्त रुपमा चर्चा गर्ने प्रयास गरिएको छ। विश्वभरमा आँखाको नानीको समस्याको कारणबाट करिब ६० देखि ८० लाख व्यक्तिहरुले दृष्टि गुमाएको आ“कडा रहेको पाइन्छ। आँखाको अग्रभागमा रहेको नानीलाई आँखाको महत्वपूर्ण भाग मानिन्छ।
कुनै व्यक्तिको आँखाको नानी धमिलो वा बादल लागेको जस्तो भएमा निजको दृष्टि कमजोर हुने वा दृष्टि नै गुम्न सक्ने हुन्छ। यसरी दृष्टि गुमेको अवस्थालाई आँखाको नानीको समस्याको कारणबाट भएको अन्धोपन भनिन्छ। यस्तो अन्धोपनको उपचार बिग्रिएको नानीलाई हटाएर स्वस्थ नानीको प्रत्यारोपणबाट मात्र सम्भव हुने हु“दा यो नै एउटा मात्र विकल्पको रुपमा रहेको पाइन्छ। कुनै व्यक्तिको मृत्युपश्चात उसको आँखाको नानी, झिकेर अर्को दृष्टिविहीन व्यक्तिको आँखामा प्रत्यारोपण गर्न सकिने गरी गरिने दानलाई नेत्रदान भनिन्छ। यसबाट आँखाको नानीको समस्याबाट दृष्टि गुमाएका व्यक्तिहरु मात्र लाभान्वित हुन्छन्। अन्य कारण वा समस्याबाट भएको अन्धोपनमा भने यो प्रक्रिया लाभदायी हुँदैन।
व्यक्ति विशेषले स्वेच्छापूर्वक आफ्नो मृत्युपश्चात् गरिने आँखा दानको कार्यलाई मानवतावादी प्रयास वा मानव सेवाको एउटा अनुपम उदाहरणको रुपमा लिइन्छ। आफ्नो आँखाको दृष्टि गुमाएर अन्धकारमा जीवन बिताइरहेको व्यक्तिलाई पुनः दृष्टि प्राप्त गर्न सक्ने गरी गरिने आँखा दान जस्तो कार्यलाई उत्प्रेरित गर्न जरुरी छ। यस प्रयोजनको लागि आँखा दानको महत्व र उपादेयताको बारेमा जनचेतना फैलाउने कार्य तथा अन्य आवश्यक पहल कदमीमा कुनै प्रकारको कमी आउनु हु“दैन।
आँखा दानसम्बन्धी केही तथ्य
१. मृत्युपश्चात् मात्र आँखा दान गर्न सकिन्छ।
२. मृत्यु भएको ४ देखि ६ घण्टाभित्र मृतकको आँखा निकालिसक्नुपर्छ।
३. आधिकारिक स्वास्थ्यकर्मीद्वारा मात्र मृतकको आँखा निकाल्न सकिनेछ।
४. मृतकको आँखा निकाल्ने सम्पूर्ण प्रक्रिया २० देखि ३० मिनेटभित्र सम्पन्न हुने हु“दा मृतकको शवयात्रा वा दाहसंस्कारको कार्यमा कुनै प्रकारको अवरोध वा बिलम्व हुनेछैन।
५. मृतकको आँखा निकाल्न आँखा बैंकबाट नै टिम आउनेछ।
६. कुनै प्रकारको सरुवा रोग लागेको छ वा छैन भनेर यकिन गर्नको लागि मृतकको शरीरबाट केही मात्रामा रगत निकालिन्छ।
७. आँखा निकालिएको कारणबाट मृतकको अनुहारमा कुनै प्रकारको विकार आउने छैन। किनभने, सम्पूर्ण आँखा नै नभई आँखाको कालो भाग नानी मात्र निकालिन्छ।
८. आँखा दान गर्ने दाता र आँखा प्राप्त गर्ने को पहिचान गोप्य राखिनेछ।
९. जनुसुकै जातजाति, लिङ्ग, वर्ण तथा धर्माबलम्वीले आँखा दान गर्न र आँखा प्रँप्त गर्न सक्छ।
आँखा दान सम्बन्धमा रहेका केही मिथक
आँखा दान सम्बन्धमा केही यस्ता आशंकाहरु रहेको पाइन्छ जुन सत्य होइनन्, केवल भ्रम मात्र हुन्। आँखा दान गर्दा मृतकको आँखाको पूरै भाग प्वाल पारिने हु“दा मृतकको अनुहार विकृत हुन्छ। आँखा दान गर्ने व्यक्ति पुनर्जन्ममा अन्धो हुनेछ। आँखा दानको कार्य आफ्नो धर्म विपरीत हुनेछ। पाको उमेरका व्यक्तिले आँखा दान गर्न पाउँदैन। मोति विन्दुको अपरेसन गरेको र चस्मा लगाउने व्यक्तिले आँखा दान गर्न सक्दैन भन्ने जस्ता भनाइहरु वा मान्यतामा कुनै सत्यता छैन। यस्ता भ्रमहरुको निवारण हुनु जरुरी छ।
साथै मैले आँखा दान गर्दा मेरा परिवारका सदस्य तथा नातागोताले के भन्लान् भन्ने जस्ता आशंका वा त्रासलाई आँखा दान जस्तो पवित्र कार्यको बाधकको रुपमा लिइनुपर्छ र यस प्रकारको मनोदशाबाट मुक्त हुनु पनि आवश्यक छ।
आँखा दान गर्न योग्य र अयोग्य व्यक्तिको सम्बन्धमा
कस्ताकस्ता व्यक्तिले आँखा दान गर्न सक्छन् र कसले गर्न सक्दैनन् भन्ने विषयमा एउटा निश्चित मापदण्ड निर्धारण गरिएको पाइन्छ। जसअनुसार निम्न व्यक्तिहरु आँखा दान गर्न योग्य मानिन्छन्ः
१) दुई वर्षदेखि ७५ वर्ष उमेरका।
२) चस्मा लगाउने।
३) उच्च रक्तचापको रोग लागेका।
४) दमको रोग लागेका।
५) चिनी रोग (डायबिटिज) लागेका।
६) सरुवा रोग नलागेका।
निम्न व्यक्तिहरु आँखा दान गर्न अयोग्य मानिन्छन्
१. एड्स रोग लागेका।
२. हेपाटाइटिस बी र सीको रोग लागेका।
३. रेबिज लागेका।
४. रगतको क्यान्सर भएका।
५. टिटानस भएका।
६. हैजाको बिरामी।
७. मेनेन्जाइटिस र इन्सेफलाइटिस जस्तो संक्रामक रोग लागेका।
८. सेफ्टिसेमिया भएका।
दान गरेको आँखा निकाल्ने समय र प्रक्रिया
मृतक दाताको आँखाको टिस्यु प्रत्यारोपण गर्न लायक रहोस् भन्ने उद्देश्यले दाताको मृत्यु लगत्तै चा“डोभन्दा चा“डो सो टिस्यु सर्जरी गरेर निकालिन्छ। ढिलो गरेर निकालिएको टिस्यु प्रत्यारोपण लायक नरहन सक्छ। यसको अतिरिक्त मृतकको शवयात्रा वा दाहसंस्कारमा कुनै प्रकारको बिलम्व नहोस् भनेर पनि मृतकको आँखा निकाल्ने प्रक्रिया यथासम्भव छिटोभन्दा छिटो सम्पन्न गरिनुपर्ने हुन्छ। आँखाको नानी निकालिएको कारणबाट मृतकको अनुहारमा कुनै प्रकारको विकार नआउने हु“दा शव यात्रामा मृतकको अनुहार ढाक्नु पर्ने अवस्था हुँदैन।
आँखा दान मुलतः दाताको स्वेच्छामा निर्भर रहने हु“दा दाताको अहं भूमिका रहेको हुन्छ। दाताको इच्छा बेगर आँखा दान हुन सक्दैन। तथापि, दाताले आफ्नो परिवारका सदस्यहरु तथा कानुनी प्रतिनिधिलाई आफूले आँखा दान गरेको कुराको जानकारी आफ्नो जीवनकालमा नै गराउनु उपयुक्त हुन्छ। ताकि निजको मृत्युपश्चात् हुने आँखा दानको प्रक्रिया पूरा गर्न कुनै प्रकारको व्यवधान सिर्जना नहोस्।
आँखा दान गर्न चाहने व्यक्तिले नेपाल आँखा बैंकबाट दाता परिचयपत्र पनि प्राप्त गर्न सक्छ। जसबाट दाताको परिवारजन तथा नातागोतालाई निजको आँखा दान गर्ने इच्छाबारे अग्रिम जानकारी हुन सकोस्।
परिवारका सदस्य तथा नातागोताले जानकारी राख्नुपर्ने कुरा
आँखा दान गर्ने दाताको परिवारका सदस्यहरु तथा नातागोताका व्यक्तिहरुले निम्न बमोजिम जानकारी राखेको अवस्थामा दाताको मृत्युपश्चात् आँखा दानको कार्यलाई सुगम तथा उपयोगी बनाउन मद्दत पुग्छ।
१. दाताको मृत्यु हुनासाथ तुरुन्त आँखाको परेला बन्द गरिदिनुपर्छ।
२. फ्यानको हावा सिधै मृतकको शरीरमा नलागोस् भनेर फ्यान बन्द गर्नुपर्छ।
३. मृतकको टाउकोमुनि सिरानी राखेर मृतकको टाउको थोरै उठाइदिनुपर्छ।
४. सबैभन्दा नजिकको आँखा बैंकमा सम्पर्क राख्नुपर्छ।
५. आँखा बैंकका कर्मचारी वा टिमले सजिलैसँग पत्ता लगाउन सक्ने गरी मृतकको परिवार वा आफन्तको ठेगाना तथा टेलिफोन नम्बर उपलब्ध गराउनुपर्छ।
६. मृतकको मृत्युसम्बन्धी प्रमाणपत्र आधिकारिक स्वास्थ्यकर्मीबाट लिनुपर्छ।
७. कम्तीमा दुई जना साक्षीको रोहवरमा मृतकको सबैभन्दा नजिकको नातेदारको स्वीकृतिमा मात्र मृतकको आँखा निकालिने हु“दा सोसम्बन्धी उचित व्यवस्था गर्नु जरुरी हुन्छ।
अन्तमा
मानव सेवाको सन्दर्भमा अग्रस्थानमा नै रहने आँखा दानको उपादेयता एवं महत्वको बारेमा प्रशिक्षित गर्न तथा आँखा दान गर्ने प्रवृत्तिलाई प्रोत्साहित गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनु जरुरी हुन्छ। कृत्रिम आँखाको नानी निर्माण गर्न वैज्ञानिक एवं अनुसन्धानकर्ताहरुको सत्प्रयास जारी रहेको छ तापनि सो कार्यमा पूर्ण सफलता प्राप्त नहुन्जेलसम्म आँखा दान गर्ने भावनालाई प्रोत्साहित एवं विकसित गर्न सकिएमा दृष्टिविहीनहरुको लागि एउटा उत्तम उपहार सिद्ध हुनेछ।
(डा श्रेष्ठ अप्थालमोलोजिस्ट (कोर्निया विशेषज्ञ) हुन्।)