काठमाडौं- औषधि व्यवस्था विभागले विभिन्न अस्पतालमा सञ्चालित अस्पताल फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तर परीक्षण गरी गुणस्तर यकिन गर्न अनुरोध गरेको छ।
विभागले बुधबार एक सूचना जारी गर्दै अस्पतालहरुको फार्मेसीका औषधिको गुणस्तरका विषयमा जनगुनासो आएको भन्दै सबै अस्पताल फार्मेसीहरुले औषधि खरिद तथा बिक्री वितरण गर्दा गुणस्तरमा शंका लागेका औषधिहरुलाई परीक्षण गराई गुणस्तर यकिन गर्न अनुरोध गरेको हो।
हेरौं सूचना