काठमाडौं- बङ्गलादेशमा जुन महिनामा डेंगुका घटनामा उल्लेख्य वृद्धि भएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको छ भने ३४ जनाको मृत्यु भएको छ।
बङ्गलादेशमा यस वर्ष डेंगुका बिरामीको सङ्ख्या सात हजार ७५४ पुगेको छ। स्थानीय समयअनुसार मङ्गलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १०४ सहित कूल १४५ जना डेंगुका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डेंगुका कारण मङ्गलबार दुई जनाको मृत्यु भएको छ भने जुन महिनाभरिमा ३४, मेमा दुई, अप्रिलमा दुई, फेब्रुअरीमा दुई र जनवरीमा छ जनाको मृत्यु भएको महानिर्देशनालयले जनाएको छ।
बङ्गलादेशमा गत ९मे० महिनामा एक हजार ३६ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो तर जुनमा यो सङ्ख्यामा उल्लेख्य वृद्धिपछि थप पाँच हजार ७३२ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो।
सन् २०२३ को पुस २७ देखि जेठ २७ गतेसम्म देशभरका विभिन्न अस्पतालबाट छ हजार २९७ जना डेंगुका बिरामी उपचार पछि घर फर्केका छन्। बङ्गलादेशको राजधानी ढाकामा लामखुट्टेको टोकाइबाट सर्ने यो रोग तीव्र गतिमा बढिरहेको छ।