काठमाडौं- भारतीय अभिनेता सैफ अली खानको ढाडबाट साढे दुई इन्चको चक्कुको टुक्रा निकालिएको छ। हमला गर्ने क्रममा भाँचिएर शरीरभित्रै चक्कुको टुक्रा रहेको थियो।
उक्त सर्जरीपछि खान सामान्य हिँडडुल गर्न थालेका छन्। लीलावती अस्पतालमा उपचाररत उनलाई आइसियुबाट स्पेशल वार्डमा सिफ्ट गरिएको छ।
उनी दुई मिलिमिटरले गम्भीर घाइते हुनुबाट जोगिएको चिकित्सकले बताएका छन्। यदि थप दुई मिलिमिटर चक्कु भित्र पसेको भए उनकझो स्पाइनल कर्डमै समस्या आउने चिकित्सकले बताएका छन्।
उनलाई बुधबार राति घरमा घुसेर एक व्यक्तिले उनीमाथि चक्कु प्रहार गरेका थिए।