काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २४ घण्टा अब्जरभेसनमा राखिएको छ।
मुटुमा समस्या देखिएपछि पौडेलललाई गंगालाल लगिएको थियो। सो क्रममा राष्ट्रपति पौडेललाई भर्ना गरिएको छ। गंगालालले स्वास्थ्य परीक्षणको क्रममा गंगालाल अस्पतालमा भर्ना गरी २४ घण्टा अब्जरभेसनमा राखिएको जानकारी दिएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको र बुधबारसम्ममा डिस्चार्ज हुने जानकारी दिएका छन्।
अस्पतालले छोटो विज्ञप्ति जारी गर्दै २४ घण्टा अब्जरभेसनमा राखिएको जानकारी दिएपनि राष्ट्रपतिलाई भएको समस्याको विषयमा भने खुलाइएको छैन।