काठमाडौं– मेडिकल ल्यावोरेटोरी एसोसिएसन अफ नेपाल (मेलान) ले आफ्नो १८औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा मेलानले वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेको छ।
मेलानले हिमालय वृद्धाश्रम, केन्द्र टोखा–९, काठमाडौंमा रहेका ५० जना वृद्धवृद्धाहरुको कलेजो, मिर्गौला, मुटु सम्बन्धी रगतमा गरिने परीक्षण गरेको छ।
यसका साथै उक्त आश्रममा आवश्यक खाद्यान्न सामाग्रीहरु समेत वितरण गरिएको मेलान केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए।