काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान वीर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरहरुले तीन महिनादेखि निर्वाह भत्ता नपाएको गुनासो गरेका छन्।
न्याम्समा पदाधिकारी नहुँदा निर्वाह भत्ता निकासा हुन नसकेको उनीहरुले बताएका छन्। पदाधिकारी नहुँदा तालिम तथा महत्वपूर्ण शैक्षिक कार्यक्रमहरु सन्चालनमा पनि असर परिरहेको रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले जनाएको छ।
प्रतिष्ठानमा २०७९ साल फागुन आन्तिम सातादेखी रिक्त रहेको उपकुलपती, शिक्षाध्यक्ष, रजिस्ट्रार तथा डिन लगायतका पदहरु हालसम्म पनि पदपुर्तीहुन सकेको छैन।
एसोसिएसनले समस्या समाधानका लागी पहल गर्न सरोकारवाला निकायहरुलाई अनुरोधसमेत गरेको छ।