काठमाडौं - डा प्रणयरत्न शाक्यको अध्यक्षमा नेपाल डेन्टल एशोसिएसनको नयाँ केन्द्रीय कार्यकारिणी समिति गठन भएको छ। यही वैशाख १६ काठमाडौं बाहिर र २३ गते काठमाडौंमा चुनाव सम्पन्न भएसँगै नयाँ कार्य समितिले पूर्णत पाएको हो।
अध्यक्षमा डा प्रणयरत्न शाक्य र महासचिवमा डा विश्व प्रकाश ठाकुर यसअघि नै निर्विरोध निर्वाचति भएका थिए। यो चुनाव उपाध्यक्ष, सह सचिव र कोषाध्यक्षका लागि भएको थियो। उपाध्यक्षमा डा रोशन चौधरी निर्वाचित भएका छन्। उनी डा सुमन काफ्लेलाई एक मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन्। डा रोशनले ४४० र डा सुमनले ४३९ मत ल्याएका थिए।
सहसचिवमा डा हरिप्रसाद ओली ४९७ मतका साथ विजयी भएका छन्। उनले डा शंकर श्रेष्ठलाई पराजित गरेका हुन्। डा शंकले ३७६ मत ल्याएका थिए। कोषाध्यक्षमा डा विधान श्रेष्ठ विजयी भएका छन्। उनले ४९९ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी डा आशुतोष शुक्लाले ३८८ मत ल्याएका थिए।
यस्तै सदस्यहरुमा डा दीपक कुमार शर्मा, डा विप्लव अधिकारी र डा निरज ढ्याकु निर्विरोध निर्वाचित भएका छन्।
२ हजार १७१ मतदाता रहेको एशोसिएसनमा ९०५ जनाले मात्र मतदान गरेका थिए। काठमाडौं बाहिर भएको चुनावमा ४८४ र काठमाडौंमा ४२१ जनाले मतदान गरेका थिए।