काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदमा हालसम्म ४५ वटा विषयव दर्ता भएका छन्। चिकित्सक, नर्सिङ, फर्मासिस्ट र आयुर्वेद बाहेकका ४५ वटा विषय दर्ता भएको परिषदले जनाएको छ। दर्ता भएका यी ४५ वटा विषयको नाम दर्ता परीक्षा परिषदले लिने गरेको छ।
चिकित्सकको नेपाल मेडिकल काउन्सिल, नर्सको नर्सिङ काउन्सिल, फार्मासिस्टको फार्मेसी परिषद र आयुर्वेद परिषद बाहेकको ४५ वटा विषय आफूहरुले दर्ता गर्ने गरेको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले बताए।
परिषदले सञ्चालन गरेको नाम दर्ता परीक्षा (लाइसेन्स) मा उत्तीर्ण भएका स्वास्थ्यकर्मीहरुले मात्र स्वास्थ्य संस्थामा अभ्यास गर्न पाउँछन्। दर्ता भएका यी ४५ वटै विषयको परीक्षा परिषदले सञ्चालन गर्दै आएको छ। मास्टर्स (विशिष्ट) तहको १७, ब्याचलर (स्नातक) तहको १९ र पिसिएल (प्रमाण पत्र) तहको ९ वटा गरी ४५ वटा विषय परिषदमा दर्ता छन्।
परिषदमा दर्ता भएका मास्टर्स (विशिष्ट) तहका विषयहरु:
१. एम.एस.सी एम.एल.सी/मेडिकल/क्लिनीकल बायोकेमेस्ट्री
२. एम.एस.सी एम.एल.सी/मेडिकल/क्लिनीकल (हेमाटोलोजी एण्ड ट्रान्सफ्युजन मेडिसिन)
३. एम.एस.सी एम.एल.सी/मेडिकल/क्लिनीकल माइक्रोबायोलोजी
४. मास्टर्स इन होमियोप्याथी (एमडी)
५. एम.एस.सी पफ्र्युजन टेक्नोलोजी
६. मास्टर्स इन क्लिनिकल योगा/योगा एण्ड रिह्याविलिटेसन (एमडी)
७. मास्टर्स इन अप्टोमेट्री/मास्टर्स अफ अप्टोमेट्री/मास्टर्स अफ क्लिनिकल अप्टोमेट्री/एमएससी इन अप्टोमेट्री/एम फिल इन अप्टोमेट्री
८. एम.एस.सी इम मेडिकल इम्याजिङ टेक्नोलोजी/एम.एस.सी इन रेडियोलोजी टेक्नोलोजी (एम.एस.सी एम.आइ.टी)
९. एम फिल इन क्लिनिकल साइकोलोजी
१०. मास्टर्स अफ पब्लिक हेल्थ (एम.पी.एच)
११. मास्टर्स अफ साइकोथेरापी (एम.पी.टी)
१२. मास्टर्स अफ अडियोलोजी एण्ड स्पिच ल्याङ्गवेज प्याथोलोजी (एम.ए.एस.एल.पी)
१३ मास्टर्स अफ साइसन्स इक्युनोलोजी
१४. एम.पी.टी (अब्सटेट्रिक्स एण्ड गाइनोकोलोजी)
१५. एम.एस.सी एनेस्थेसिया टेक्नोलोजी
१६. एम.डी क्लिनिकल न्यूरोप्याथी (एम.एन.वाइ.एस)
१७. मास्टर्स इन हेल्थ प्रमोसन एण्ड एजुकेशन (एम.एच.पि.ई)
परिषदमा दर्ता भएका ब्याचलर (स्नातक) तहका विषयहरु:
१. बीएससी एनेस्थेसिया टेक्नोलोजी
२. ब्याचलर अफ साइन्स इन एम.एल.टी (बी.एस.सी एम.एल.टी÷बी.एम.एल.टी)
३. ब्याचलर अफ अप्टोमेट्री÷डी अप्टोमेट्री
४. बी.एस.सी मेडिकल माइक्रोबायोलोजी
५. बीएससी मेडिकल इम्याजिङ टेक्नोलोजी
६. ब्याचलर अफ फिजियोथेरापी (बी.पी.टी)
७. ब्याचलर इन होमियोप्याथिक मेडिसिन एण्ड सर्जरी (बी.एस.एम.एस)
८. ब्याचलर इन न्यूरोप्याथी एण्ड योगा साइन्सेस (बी.एन.वाइ.एस)
९. ब्याचलर इन अडियोलोजी एण्ड स्पीच ल्याङ्गवेज प्याथोलोजी (बी.ए.एस.एल.पी)
१०. ब्याचलर इन पब्लिक हेल्थ (बी.पी.एच)
११. बी.एस.सी कार्डियाक टेक्नोलोजी
१२. बी.एस.सी रेडियोथेरापी टेक्नोलोजी
१३. ब्याचलर इन परफ्युजन टेक्नोलोजी
१४. बी.एस.सी रेनल डायलासिस टेक्नोलोजी
१५. ब्याचलर अफ प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स
१६. बी.एस.सी मेडिकल बायोकेमेस्ट्री
१७. ब्याचलर अफ अकुपेशनल थेरापी
१८. पोस्ट ग्राजुएट डिप्लोमा इन हेल्थ प्रोमोसन एण्ड एजुकेशन
१९. बी.एस.सी अपरेशन थिएटर टेक्नोलोजी
परिषदमा दर्ता भएका ब्याचलर (स्नातक) तहका विषयहरु
१. पि.सी.एल इन रेडियोग्राफी÷डिप्लोमा इन एक्सरे टेक्नोलोजी
२. पि.सी.एल इन डेण्टल साइन्स (डेन्टल हाइजिन)
३. पि.सी.एल इन अप्थाल्मिक साइन्स/डिप्लोमा इन अप्थाल्मिक टेक्निक
४. पि.सी.एल इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजी (सी.एम.एल.टी/डी.एम.एल.टी)
५. पि.सी.एल इन जेनरल मेडिसिन (एच.ए)
६. पि.सी.एल इन साइकोथेरापी
७. डिप्लोमा इन अपरेशन थिएटर टेक्नोलोजी
८. डिप्लोमा इन डायलासिस टेक्नोलोजी
९. पि.सि.एल इन अकुपञ्चर, अकुप्रेसर एण्ड मोक्सीबस्टन