काठमाडौं- स्वास्थ्यका कर्मचारीहरुले अनलाइनमार्फत अध्ययन तथा तालिमको लागि छात्रवृति पाउने भएका छन्।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यका कर्मचारीहरुलाई चीन र जापानबाट छात्रवृतिमार्फत तालीम तथा अध्ययन् गर्न पाउने भएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै चीनबाट २४ र जापानबाट २ जनाका लागि छात्रवृतिमार्फत तालिम अध्ययनमा सहभागी हुन सक्ने उल्लेख गरेको छ।
तालीम अनलाइनमार्फत हुने छ।