काठामाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको संख्या १ लाख ४६ हजार ६४३ पुगेको छ। मास्टर्स, व्याचलर, पिसिएल र टिएसएलसी गरी परिषदमा दर्ता हुने स्वास्थ्यकर्मीको संख्या करिब साढे १ लाख पुगेको हो।
कुल स्वास्थ्यकर्मीमध्ये २ हजार ६५६ जना मास्टर्स (विशिष्ट) स्तरका स्वास्थ्यकर्मीहरु छन्। व्याचलर गर्ने १४ हजार ३८४, पिसिएल गर्ने ३९ हजार १ र टिएसएलसी गर्ने ९० हजार ६०२ जना स्वास्थ्यकर्मी छन्।
परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीहरुले मात्र चिकित्सकीय अभ्यास गर्न पाउने कानूनी व्यवस्था रहेको परिषदका रजिष्ट्रार लिलानाथ भण्डारीले जानकारी दिए। परिषद्मा दर्ता नभएका स्वास्थ्यकर्मी कुनै पनि चिकित्सकीय अभ्यासमा संलग्न हुन पाउँदैनन्। २०७८ साल भदौको २१, २२ र २३ गते परिषदले पहिलो पटक नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गरेको थियो।
जनस्वास्थ्य विषयमा मास्टर्स गर्ने सबैभन्दा धेरै छन्। जनस्वास्थ्यमा मास्टर्स गर्ने १ हजार ६०२ जना परिषदमा दर्ता छन्। दोस्रोमा फिजियोथेरापीका २९९ जना, तेस्रोमा चिकित्सा विज्ञान प्रयोगशाला (बायोकेमेस्ट्री) का २५९, चौँथोमा चिकित्सा विज्ञान प्रयोगशाला मेडिकल माइक्रोबायोलोजीका १७९ र पाँचौमा नेत्र विज्ञानका ६९ जना स्वास्थ्यकर्मी दर्ता छन्।
यो सँगै मास्टर्स गरेर परिषद्मा दर्ता भएका स्वास्थ्यकर्मीहरुको संख्या निम्न छन्: