काठमाडौं- सरकारले कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
संक्रामक रोगसम्बन्धी एकीकृत ऐन बनाउन उक्त विधेयक फिर्ता लिने निर्णय गरेको उनले बताइन्।
यस्तै मन्त्रीपरिषद बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहको वैशाख २६ देखि २९ गतेसम्म अवजरभेसन भिजिट अन टोबाको सेसनमा सहभागी हुन स्वीकृती प्रदान गरेको छ।
यसैगरी सरकारले नवलपरासी जिल्ला साविक मन्जरिया गाविस वडा नम्बर ५ स्थित ४ कट्ठा सरकारी जग्गा नवलपरासी आयुर्वेद स्वास्थ्य संस्था केन्द्रको भवन निर्माणमा उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ।