धनगढी- सुदूरपश्चिममा पछिल्लो समय असुरक्षित तरिकाले काम गर्ने कामदार श्वासप्रश्वासम्बन्धी समस्यामा परेका छन्। झकामको सुरक्षा र वातावरण प्रभाव नबुझ्दा प्रदेशबासीले श्वासप्रश्वास सम्बन्धी समस्या झेल्नुपर्ने अवस्था बढीरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्।
छाती शरीरको सबैभन्दा मानिसको महत्वपूर्ण अंग हो। मानिसले श्वासप्रश्वासलाई ध्यान नदिँदा विविध कारणले स्वाश्प्रश्वा समस्याले ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। नसर्ने रोगमा पर्ने प्रमुख रोगमा पर्छ स्वाश्प्रश्वाससम्बन्धी समस्या।
स्वाश्प्रश्वास (दम)को समयमै उचित उपचार नभएमा मानिसले ज्यान गुमाउनुपर्ने अवस्था समेत आउँछ। मानिसमा दम रोग हुने प्रमुख कारण धुम्रपान, गुट्खा भएपनि कलकाराखाना, ईट्टा उद्योग लगायतका विभिन्न श्वासप्रश्वास सम्बन्धी असुरक्षित क्षेत्र प्रमुख समस्या बन्दै आएको स्वास्थ्यकर्मीहरु बताउँछन्।
धुम्रपान तथा सुर्तिजन्य प्रमुख समस्या भएपनि बिरामीहरु सामान्य लक्षण देखिँदा उपचार गराउन नआउनु प्रमुख कारण रहेको छाती रोग विशेषज्ञ डा शुभेषराज कायष्थ बताउँछन्। उनले भने –‘प्रदेशमा श्वासप्रश्वाससम्बन्धी अध्ययन त भएको छैन तर, पछिल्लो समय सुदूरपश्चिम लगायत देशभरी श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको छ।’
उनले मानिस संक्रमण भएको १८ वर्षपछि उपचारमा आउने र जटिल बन्दा मृत्यु हुन सक्ने सम्भावना रहेको बताए। उनले भने –‘सामान्य समस्या हुँदा चिकित्सकीय सुझाव लिएर अघि बढे स्वासप्रश्वास समस्या समाधान हुने थियो तर, यहाँ १८ वर्षदेखि समस्या भएपछि उपचार पद्धतीमा आउँछन्। जसले गर्दा समयमै नियन्त्रण लग्न सक्ने रोगले बढावा पाउँछ।’
उनले समयमै उपचार गराउँदा श्वासप्रश्वाससम्बन्धी रोगको नियन्त्रण गर्न सकिने बताए। उनले भने–‘बढी खोकी लाग्ने, घाँटीमा घरघर हुने, बढी खकार आउँने लगायतका सामान्य लक्षण स्वासप्रश्वास सम्बन्धीका लक्षण हुन। यदि समयमै यी सामान्य लक्षण देखाए समयमै उपचारको समाधान हुन्छ।’
दम सम्बन्धी प्रदेशका अस्पताल तथा स्वास्थ्य चौकीमा जनशक्ति भएपनि मानिसले यसप्रति ध्यान दिन सकेका छैनन। नलीसम्बन्धी, मधुमेह, दीर्घ श्वासप्रश्वाससम्बन्धी तथा क्यान्सरजस्ता नसर्ने रोगहरू नेपालमा पनि मृत्युको ‘प्रमुख कारण बन्नु चिन्ताको विषय भएको’ अधिकारी र जनस्वास्थ्यविद्हरूले बताएका छन्।
उनले सरकारले नसर्ने रोगसम्बन्धि विशेष नीति लिएपनि पर्याप्त जनशक्ति तथा उपकरण नहुँदा पछिल्लो समय श्वासप्रश्वाससम्बन्धीका बिरामी बढ्दै गएको बताए।