काठमाडौं- प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। दलहरुले नाम पठाएपछि सभामुख देवराज घिमिरले संसदमा नाम पढेर सुनाएका छन्। प्रतिनिधि सभाको हिउँदे अधिवेशनको अन्तिम बैठकमा उनले सवै समितिमा रहने सांसदहरुको नाम टुंगिएको जानकारी गराएका हुन्।
सभामुख घिमिरेले प्रस्ताव गरेका नामहरु प्रतिनिधि सभाको बैठकले अनुमोदन गरेको थियो। समितिहरुले अव सभापति चयन गर्दै नियमित रुपमा आफ्नो गतिविधि सञ्चालन गर्नेछन्। सभापति चयन नहुदाँसम्म जेष्ठ सदस्यको नेतृत्वमा समिति सञ्चालन हुनेछ।
१० वटा समितिमध्ये स्वास्थ्यसँग सम्बन्धित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा २६ जना सांसद रहेका छन्।
को-को छन् शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा?
मा० श्री अरुण कुमार चौधरी
मा० श्री ईश्वरी घर्ती
मा० श्री उर्मिला थेबे
मा० श्री कालुराम राई
मा० डा० चन्द्रकान्त भण्डारी
मा० श्री छविलाल विश्वकर्मा
मा० श्री डिग बहादुर लिम्वु
मा० डा० तोसीमा कार्की
मा० श्री दिपा शर्मा
मा० श्री दीपक कार्की
मा० श्री देवेन्द्र पौडेल
मा० श्री प्रभु हजरा दुसाध
मा० श्री बद्री प्रसाद पाण्डे
मा० श्री भानुभक्त जोशी
मा० श्री मनोरमा शेरचन
मा० श्री महेन्द्र कुमार राय
मा० श्री मिना यादव
मा० श्री योगेश गौचन थकाली
मा० श्री राम प्रकाश चौधरी
मा० श्री लिला देवी वोखिम (लिम्बू)
मा० श्री विद्या भट्टराई
मा० श्री विनिता कुमारी सिंह
मा० श्री वीना जैसवाल
मा० श्री सरिता भुसाल
मा० श्री सुमना श्रेष्ठ
मा० श्री ज्ञानु बस्नेत सुवेदी