काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। प्रतिष्ठानले एक सय ३५ जनाभन्दा बढीलाई रोजगारीको अवसर खुला गरेको हो।
प्रतिष्ठानले खुला तजा समावेसी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि सूचना जारी गरेको छ। सूचनाअनुसार सबैभन्दा धेरै ५९ जना स्टाफ नर्सको माग गरेको छ। जसमा खुलातर्फ ३२ र समावेशीतर्फ २७ पदका लागि आवेदन खोलिएको छ।
प्राध्यापक २, सहप्राध्यापक ३६ र ५ जना लेक्चर माग गरिएको छ। नर्सिङ सुपर भाइजर, अधिकृत अधिकृत, ल्याब टेक्निसियन लगायत अन्य विभिन्न पदमा गरी ३२ जना कर्मचारी मागिएको छ।
हेरौं सूचना

