काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौँ नाम दर्ता (लाइसेन्स) परीक्षाको आठवटा विषयमा शत प्रतिशत स्वास्थ्यकर्मी अनुत्तीर्ण भएका छन्।
परिषद्ले बुधबार लिएको ब्याचलर र मास्टर्स तर्फको दुवै परीक्षामा गरी आठवटा विषयमा शतप्रतिशत स्वास्थ्यकर्मी अनुत्तीर्ण भएका हुन्।
ब्याचलर अफ होमियोप्याथीमा सहभागी दुई जना नै अनुत्तीर्ण भएको परिषदले जनाएको छ।
ब्याचलर अफ अडियोलोजी स्पीच एण्ड हियरिङ ल्याङ्वेज प्याथोलोजीका १ र ब्याचलर अफ साइन्स इन मेडिकल-केमिकल बायोकेमिस्ट्रिका ९ जना परीक्षामा सहभागी थिए। परीक्षामा सहभागी सबै ९ जना नै अनुत्तीर्ण भएका हुन्।
ब्यालचर अफ साइन्स इन मेडिकल इम्याजिन टेक्नोलोजीका ६५ मध्ये ४ जना मात्र उत्तीर्ण भएका छन्। बाँकी ६१ जना नै अनुत्तीर्ण भएको परिषद्ले जनाएको छ। ब्याचलर इन मेडिकल ल्याब्रोटरी टेक्नोलोजीमा ३४ दशमलव ३२ प्रतिशत उत्तीर्ण भएका छन्। सहभागी १६९ मध्ये १११ जना अनुत्तीर्ण भएका हुन्।
यस्तै, मास्टर्स इन फिजियोथेरापी (हेल्थ प्रमोसन एण्ड रिहाबिलिटेसन) का २ जना, मास्टर्स इन पब्लिक हेल्थ इपिडिमियोलोजीका १, मास्टर्स इन पब्लिक हेल्थ (हेल्थ प्रमोसन एण्ड एजुकेशन) का ७, मास्टर्स अफ पब्लिक हेल्थ (हेल्थ सर्भिस म्यानेजमेण्ट) का २ र मास्टर्स अफ साइन्स मेडिकल इम्याजिनेशन टेक्नोलोजीका ३ जना सहभागी थिए। उनीहरु सबै नै परीक्षामा अनुत्तीर्ण भएको परिषदले जनाएको छ।
यस्तै, मास्टर्स इन फिजियोथेरापी (न्यूरोलोजीकल साइकोसोम्याटिक डिसअर्डर) सहभागी ६ मध्ये २ जना, मास्टर्स अफ साइन्स इन मेडिकल-केमिकल बायोकेमिस्ट्रिमा ८ मध्ये १ जना, मास्टर्स इन पब्लिक हेल्थ (एमपीएस) मा १९ मध्ये ३ जना मात्र उत्तीर्ण भएका छन्।
परिषदले लिएको परीक्षामा ब्याचलर तर्फ ४३ दशमलव २९ प्रतिशत र ३२ दशमलव १८ प्रतिशत स्वास्थ्यकर्मी मात्र उत्तीर्ण भएका छन्। ब्यालचर तर्फ ८५० र मास्टर्स तर्फ ९७३ जना स्वास्थ्यकर्मी परीक्षामा सहभागी थिए। ८७ सहभागीमध्ये २८ जना उत्तीर्ण र ५९ जना अनुत्तीर्ण भएको परिषद्ले जनाएको छ।
कुन विषयमा कति उत्तीर्ण, कति अनुत्तीर्ण?