काठमाडौं- नेपालको जुनसुकै ठाउँबाट संचालित एम्बुलेन्स अब एकीकृत प्रणालीमा आवद्ध हुने भएका छन्।
एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले सो समिति गठन गरेको हो।
समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहने गरी व्यवस्था गरिएको छ।
समितिले तीन महिना भित्र यो प्रणाली कार्यान्वयनमा ल्याउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी पाएको छ।