काठमाडौं- कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवसहित दुईजनाविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
यादवसहित टोखामा संचालित धौलागिरि हिमाल पोलिक्लिनिककी संचालक रिता श्रेष्ठविरुद्द जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।
उनीहरुले शहीद गंगालाल हृदय रोग केन्द्रको लेटरप्याड र छाप दुरुपयोग गरी नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको खुलेको छ।
आरोपितलाई ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरीवाना माग गरिएको छ।
यादवले २५०० रुपैयाँ लिएर सर्वसाधाराणलाई नक्कली पीसीआर रिपोर्ट बनाउदै आएका थिए। उनले हृदय रोग केन्द्रको लेटर प्याड र छाप प्रयोग गरी नक्कली पीसीआर रिपोर्ट उपलब्ध गराउन यादवले विभिन्न मानिसहरुसंग नाजायज आर्थिक लेनदेन गरेको र केन्द्रको आफ्नै ल्याबमा परिक्षण नगरेको अभियोग छ।